कांग्रेसका केसीले गरे काठमाडौं-१० बाट ह्याट्रिक

काठमाडौँ । काठमाडौँ-१० मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसबाट उम्मेदवार बनेका राजेन्द्र कुमार केसीले १४ हजार ४४८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत प्राप्त गरेका छन् । केसीले २६६२ मत अन्तरले जित हासिल गरेका हुन् । उनी यस क्षेत्रबाट लागातर तेस्रो पटक विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =