ललितपुर-१ : कांग्रेसका उदयशमशेर राणा निर्वाचित, हारे एमालेका नवराज सिलवाल
२०७९ मंसिर ७ गते

काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नवराज सिलवाललाई साढे चार हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार राणाले २३८९२ मत ल्याएका छन् भने नेकपा एमालेका सिलवालले १९२७८ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ४६१४ छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे तेस्रो स्थानमा छन्। उनले ३२७७ मत ल्याएका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








