पाँचथर : एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका आङ्देम्बे अगाडि
२०७९ मंसिर ६ गते

काठमाडौं । पाँचथरमा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार अघि बढेका छन् ।
पछिल्लो मतगणना अनुसार कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेले ३ हजार ९०७ मत पाएका छन् भने एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङले ३ हजार ६१९ मत पाएका छन् । उनीहरुको मतान्तर मतान्तर २८८ रहेको छ । आङ्देम्बे वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।
हालसम्ममा जिल्लामा गणना भएको मत ८ हजार ५९६ हो । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा कुल मत ७४ हजार८ सय ९८ मत खसेको थियो ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








