पर्सा निर्वाचन क्षेत्र नं २ (क) मा कांग्रेसका श्याम पटेल विजयी

वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

पर्सा निर्वाचन क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।

०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका उनै राम नरेश यादव १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =