गुल्मी-१ : कालीगण्डकीको अर्वेनीमा पुन मतदान
२०७९ मंसिर ६ गते

काठमाडौा । गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्वेनीमा मंगलबार पनस् मतदान भइरहेको छ।
मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्षतर्फ मतपत्रमा मतदान भएसँगै मतदान स्थगित थियो।
त्यहाँ बिहान बिहान ७ बजेदेखि पुनस् मतदान भएको हो। पुनस्मतदान हुँदा विशेष सुरक्षासँगै प्रमुख जिल्ला अधिकारीसहितको खटिएको गुल्मीका सहायक प्रजिअ हरिप्रसाद गैरेले जानकारी दिए।
मतदान चलिरहँदा मतगणनाको लागि ३ बजेबाट सर्वदलीय बैठक बस्दैछ। मतदान सकिएपछि मतपेटिका बुझ्नेबित्तिकै मतगणना सुरु हुने गैरेले जानकारी दिए।
गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्प्रर्धा छ ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








