ललितपुर-३ : तोसिमाको अग्रता कायमै, पम्फा तेस्रो
२०७९ मंसिर ६ गते

काठमाडौँ । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार तोसिमाले ५९८३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।
त्यस्तै नेकपा एमालेका अमृत खड्काले ४६८८ मत प्राप्त गरेका छन् । खड्का कार्की भन्दा १२९५ मतले पछाडि रहेका छन् ।
त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले २६६१ मत प्राप्त गरेकी छन् ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








