स्याङजामा एमालेलगायत दलद्वारा पुनः मतदानको माग, सर्वदलीय बैठक बोलाइयो

पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । एमाले लगायत दलहरुले यहाँ धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका छन् ।

उनीहरुले संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । तर, निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गर्नका लागि साढे १ बजे सर्वदलीय बैठक डाकेको छ ।

सबै मतदान केन्द्रका मतपेटिका ल्याएर राखिएको छ । सर्वदलीय बैठकले सहमति दिए आजैबाट गणना सुरु हुने बताइएको छ । कांग्रेसले भने तत्कालै मतगणना सुरु गर्न माग गर्दै धर्ना बसेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =