ललितपुर-१ : कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे, ३ मा तोसीमा अगाडि

काठमाडौँ । शम्शेर जवरा अग्रललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदय स्थानमा छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन् ।
यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी एमालेका नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरे ।
ललितपुर–३
ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसीमा कार्की अग्र स्थानमा छन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा चार हजार नौ सय १० मत प्राप्त गरेका छन् ।
नेकपाका अमृत खड्काले तीन हजार आठ सय ४५ मत प्राप्त गर । नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले दुई हजार दुई सय २८ मत प्राप्त गरेका छन् । कूल ११ हजार आठ सय ७७ मतगणना हुँदा चार सय ३३ मत बदर भएको छ ।








