काठमाडौँ ९ मा एमालेका श्रेष्ठ जित नजिक

काठमाडौँ । काठमाडौँ ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जितको नजिक पुगेका छन् ।

श्रेष्ठले १० हजार २० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् ।

राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो स्थानमा छन् भने साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौँ स्थानमा छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =