कास्की-३ मा घण्टीलाई उछिन्दै सूर्य अघि बढ्यो

पोखरा । लगातार अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै कास्की ३ मा एमाले उम्मेदवार अघि भएका छन् । बिहान १० बजेसम्मको गणनामा एमालेका दामोदर पौडेल वैरागीले ४ हजार ५ सय ५१ मत सहित अग्रता लिएका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल ४ हजार १ सय ८६ मत सहित पछ्याइरहेका छन् । गठबन्धन उम्मेदवार रामजी बरालले २ हजार ९ सय ७८ मत पाएका छन् । प्रदेश सभा (क) तर्फ पनि एमाले कै अग्रता छ ।

एमालेका गणेशमान गुरुङले ३ हजार ८ सय ६६ मत सहित अग्रता लिँदा निकटतम प्रतिस्पर्धी माओवादीका दुर्गादत्त भण्डारीले २ हजार १ सय ५६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *