दाङ-२ मा रेखा शर्माको अग्रता, शंकर पोखरेल १३५२ मतले पछाडि

काठमाडाैँ । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् । गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी हुन् ।

नेकपा एमाले महासचिव पोख्रेल शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी छन् । उनले २ हजार ५६८ मत पाएका छन् । मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *