५ हजार मत गन्न बाँकी छँदै गगन थापा विजयी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन कुमार थापा ५ हजार मत गन्न बाँकी छँदै निर्वाचित भएका छन् ।

अब ४ हजार ८ सय ८१ मत गन्न बाँकी छ । तर उनले हालसम्म ५ हजार ९ सय ८६ मतको अन्तर बनाएका छन् ।

हालसम्मको गणनामा थापाले १९ हजार १८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार ३२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *