भक्तपुर-२ : दुर्लभ थापालाई उछिन्न सकेनन् महेश बस्नेतले, १३ सयको मतान्तर

काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । उनले १२ हजार ५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७६२ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा भने यो क्षेत्रमा एमालेका बस्नेत निर्वाचित भएका थिए । यसपालि भने यो क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *