चितवन २ मा एमालेको अग्रता, रवि लामिछाने तेस्रो स्थानमा

चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै भएको छ । अहिलेसम्म ५ हजार ५३६ मतगणना भइसकेको छ ।

एमालेका पोखरेलले १ हजार ९३३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १ हजार ६९६ मत ल्याइ दोस्रो स्थान कायमै राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । उनले १ हजार ५५३ मत ल्याएका छन् ।

चितवन २ को इच्छाकामना गाउँपालिकाको वडा नं १, २, ३ र ४ नं वडाको मतगणना सकिएको छ । एमालेको बाहुल्य रहेको क्षेत्रमा मतगणना भएको हुनाले एमालेको अग्रता कायम रहेको बताइएको छ । सहरी क्षेत्रको मतगणनापछि रवि लामिछानेको अग्रता कायम हुने मत सर्वेक्षणहरूले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *