बाग्लुङ-१ : चित्रबहादुर केसीको अग्रता कायमै

काठमाडाैँ । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मतसहित पछ्याइरहेका छन् ।

बिहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *