काठमाडाैं-४ मा गगन थापा १८११ मतले अगाडि

काठमाडाैँ । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा एमालेका राजन भट्टराईभन्दा १८ सय ११ मतले अगाडि छन् ।

पछिल्लाे मतपरिणामअनुसार थापाले ११ हजार ९ सय ८८ मत पाउँदा भट्टराईले ९ हजार २ सय ७७ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठले १ हजार ४ सय ३९ मत पाएका छन् ।

०७४ काे चुनावमा यस क्षेत्रबाट एमालेका भट्टराईलाई नै पराजित गरी थापा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *