मनाङको प्रदेश सभामा (क)मा कांग्रेसका गुरुङ विजयी

पोखरा । मनाङको प्रदेश सभा (क) मा कांग्रेसका मुनिन्द्र जंग गुरुङ विजयी भएका छन् । एमालेका राजन गुरुङलाई ३ सय ३० मत अन्तरले पराजीत गरी उनी विजयी भएका हुन् ।

मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत मात्रै पाए । यहाँ २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ राप्रपाले २३ मत पाएको छ ।

प्रदेश सभा (ख) मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधि सभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ बीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =