नेकपा (एस) को २ क्षेत्रमा अग्रता

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म २ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

समाजवादी पार्टीले धादिङ- १ र दाङ- १ मा अग्रता लिएको हो ।

धादिङ- १ मा समाजवादीका राजेन्द्र पाण्डेले १ सय ९९ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

पाण्डेका निकटतम प्रतिद्वन्द्वी एमालेका भूमि त्रिपाठीले १ सय ६३ मत ल्याएका छन् ।

त्यस्तै, दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले ८९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी शान्ता चौधरीले ५० मत ल्याएकी छिन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =