मनाङमा सुरु भयो मतगणना
२०७९ मंसिर ५ गते

पोखरा । हिमालपारिको जिल्ला मनाङमा पनि मतगणना सुरु भएको छ । सोमबार दिउँसोबाट त्यहाँको गणना सुरु भएको हो । मनाङको नार्पाभूमिको मतपेटिका हेलिकोप्टर मार्फत झिकाएपछि गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङमा ४ हजार ८ सय ४५ मत खसेको छ । यहाँ एमालेबाट निवर्तमान सांसद पोल्देन छोपाङ गुरुङ र काँग्रेसका टेकबहादुर गुरुङबिच प्रतिस्पर्धा छ । मत धेरै नभएका कारण केही समयमै मत परिणाम आउने बताइएको छ ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








