धाँधली भएकाे भन्दै एमालेसहित ६ दलद्वारा गोरखा र स्याङजामा पुनः मतदातको माग

पोखरा । एमालेले स्याङजा र गोरखामा पुनः मतदानको माग गरेको छ । एमालेबाट स्याङजा २ की उम्मेदवार पद्मा अर्याल र गोरखा १ का उम्मेदवार  रामशरण बस्नेतले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका हुन् । अर्यालले चापाकोटका ४ वटा मतदान केन्द्रमा अस्वभाविक मत खसेको भन्दै त्यो सत्ता गठबन्धनको धाँधली भएको तर्क गरेकी छिन् ।

यता गोरखामा पनि बस्नेत र २ का उम्मेद्वार अब्दुस मियाँले पुनः मतदानको माग गरेका छन् । गोरखा १ का ४ वटा मतदान केन्द्र तथा गोरखा २ का ८ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने उनीहरुको माग छ ।

क्षेत्र नम्बर १ अन्तर्गत बालकल्याण आधारभूत विद्यालय मतदान केन्द्र, पार्वती आधारभुत विद्यालय मतदान केन्द्र, भीमसेन आधारभुत विद्यालय र विन्द्रावती मावि मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको छ ।

यस्तै, क्षेत्र नम्बर २ का सूर्यज्योती मावि, जीवनज्योति मावि, दुर्गा मावि, हिमालय मावि, ज्ञानज्योति मावि, स्थानीका आधारभुत विद्यालय र परोपकार मावि जौवारीको मतदान पुनः गर्नुपर्ने उनीहरुको माग छ । त्यहाँ मृतक, बेपत्ता, विदेशमा भएका तथा उपस्थित नै नभएका मतदाताको मत खसालेको आरोप एमालेको छ ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी र राप्रपा नेपालले संयुक्त विज्ञप्ती निकालेर यो निर्वाचन वैध नभएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =