दार्चुलामा एमाले निकट युवाको हत्या
२०७९ मंसिर ५ गते

काठमाडौँ । दार्चुलामा एक युवक मृत फेला परेका छन् । जिल्लाको खलंगा बजारबाट मत हाल्न ब्याँस गाँउपालिका वडा नम्बर ४ सुनसेरा गएका युवक मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन् । प्रहरीले मृत फेला परेको भनेर भनेपनि उनको हत्या गरिएको मृतकका परिवारको दाबी छ ।
विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको उनका आफन्तले बताए। भोट हाल्नका लागि एकदिन अघि नै गाँउ (ब्याँस) पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातिदेखि खोजी गरेको मृतकका आफन्त मोहनसिंह विष्टले बताए ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








