चितवनमा मतगणना बाँकी, मिथ्या सूचना छ्याप्छ्याप्ती

चितवन । चितवनमा रहेका तीन वटा निर्वाचन क्षेत्रमा मतगणना भएकै छैन । मतपेटिकाहरू राति अबेरसम्म मतगणना स्थलमा ल्याइएको छ । सर्वदलीय बैठक बस्न पनि बाँकी छ ।

मतगणना बाँकी हुँदै मिथ्या सूचनाहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आइरहेका छन् । मत सङ्ख्या नै उल्लेख गरी रवि लामिछानेको अग्रता भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा मिथ्या समाचारहरू आइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मिथ्या समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता भ्रमपूर्ण सूचनाप्रति विश्वास नगर्न अपिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको लागि सर्वदलीय बैठक बोलाएको छ । कार्यालयका अनुसार सर्वदलीय बैठक सकेपछि मतगणना गरिनेछ । चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतपेटिका गणनास्थलमा आइसकेका छन् । सर्वदलीय बैठकको तयारी भइरहेको छ ।

चितवन-२ को मतगणना चितवन प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन-१ मतगणना खैरहनी नगरपालिका नजिकको स्कुलमा हुने निर्वाचन कार्यालयले जनाएको छ । यस्तै चितवन ३ को मतगणना कृषि तथा वन विश्वविद्यालयको भवनमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *