मुस्ताङमा कांग्रेसको सुरुआती अग्रता, पच्छ्याउँदै एमाले 

पोखरा । मुस्ताङमा मतगणना सुरु भएको छ । बिहान साढे ३  बजे सुरु भएको गणनाको प्रारम्भिक नतिजा बाहिरिएको छ ।

लोमान्थाङ ५ को लोमान्थाङ, लोघेकर दामोदरकुण्ड १ को मराङ, घरपझोङ को १ चिमाङ र थासाङ ३ लेतेको मतपेटिका बाकसको मत गणना सुरु गरिएको हो निर्वाचन कार्यालयले जनाएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसको १०६८ मत सहित अगाडी छ । नेकपा एमालेको ८०७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीको १२ मत र राप्रपा नेपालका उम्मेदवारले २ मत पाएका छन् । ३३  मत बदर भएको छ ।

४० वटै मतदान केन्द्रका मतपेटिका सोमबार बिहान १ बजे सदरमुकाममा संकलन गरिएको थियो । सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो । मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =