स्वतन्त्र पार्टीले उल्लेख्य मत ल्याउने प्रारम्भिक रुझान

काठमाडौँ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्ने देखिएको छ । मतगणनाको प्रारम्भिक रुझान हेर्दा स्वतन्त्र पार्टीले राम्रो मत ल्याएको छ ।

गणना सुरु भएको कास्की २ मा सुरुआती अग्रता लिएको छ भने ललितपुर २ तेस्रो स्थानमा छ । मूलधारका दल र नेताबाट असन्तुष्ट मतदाताले यसपालि स्वतन्त्र पार्टीलाई मतदान गरेको विश्लेषण भइरहेको छ । जसले स्वतन्त्र पार्टीको उपस्थिति संसद्मा अर्थपूर्ण हुने देखिएको छ ।

गत ७ असारमा घोषणा गरिएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा एक सय ४० र समानुपातिकमा सबै एक सय १० उम्मेदवार उठाएको छ । तर, प्रदेशसभा निर्वाचनमा भने यो दलले भाग लिएको छैन ।

यो पनि : अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ : रवि लामिछाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *