कास्की-२ मा घण्टीको सुरुआती अग्रता, एमालेकी विद्या पछाडि

काठमाडौँ । कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका हुन् ।

उनले १ सय ६२ मत पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । हालसम्म विद्याले १ सय २२ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय १० मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *