विराटनगरमा यस्तो देखियो मतपेटिका ढुवानी र व्यवस्थापन (तस्बिरहरू)

विराटनगर । मोरङमा मतगणना आजै शुरु हुन सक्ने सम्भावना कमजोर बन्दै गएको छ । सबै मतदान केन्द्रहरूबाट मतपेटिका ल्याउने काम भइरहेकोले यसलाई व्यवस्थापन गर्नको लागि समय लाग्ने भएपछि मत गणना भोलि मात्र हुन सक्ने  मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए ।

मतपेटिका व्यवस्थापन गर्नकालागि करिब १२ बज्ने र राती मतगणना हुनसक्ने अवस्था नदेखिएको उनले बताए । मोरङ क्षेत्र नम्बर १ मा मत पेटिका संकलन गर्न करिब २ बज्ने बताइएको छ। त्यस्तै क्षेत्र नम्बर २ मा पनि मतपेटिका व्यवस्थापन गर्न २ बज्ने अनुगमन गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर ३ मा पनि मतपेटिका संकलनको काम भइरहेको छ । त्यहाँ करिब १ बजेसम्ममा मतपेटिका व्यवस्थापनको काम सकिने अनुमान गरिएको छ। क्षेत्र नम्बर ४, ५ र ६ को मत पेटिका संकलन भइरहेको छ।

विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालयमा हुने मतगणना स्थलमा अहिले मतपेटिका ल्याउने र बुझाउनेहरूको भिड लागेको छ।  यसलाई व्यवस्थापन गर्नकालागि मतदान अधिकृत तथा  कर्मचारीहरूको लामो लाइन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *