कास्कीमा ६० प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन गर्न ६ घण्टा लाग्ने

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्भिक नतिजा अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ ।

मतपेटिका ल्याउने क्रम जारी रहेको भन्दै प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने जानकारी दिए ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।

मतपेटिका सङ्कलन गर्न ६ घण्टा लाग्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =