यस्ता छन् हवाइ फायरिङ गरिएका २४ मतदान स्थल (सूचीसहित)

कठमाडौँ । आइतबार जारी आम निर्वाचनमा देशका विभिन्न २४ ठाउँमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको छ । झडपलाई साम्य पार्न प्रहरीले हवाइ फायर गरेको हो ।

५ वटा प्रदेशका ११ जिल्लामा रहेका २४ मतदान स्थलमा झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको निर्वाचन आयोगले जनाएको छ । मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न मदतान स्थलमा झडप देखिएको स्थिति नियन्त्रणमा लिन हवाइ फयर गर्नु परेको हो ।

यसरी हवाई फायर गर्नु परेका स्थानमा पनि स्थिति नियन्त्रमा लिएर निर्वाचन सुचारु गराइएको र केही ठाउँमा सुचाररु गराउने प्रयास जारी नै रहेका जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =