तुलसीपुरको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने
२०७९ मंसिर ४ गते

दाङ । दाङकाे क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुरकाे पातु बनगाउँ मावि मतदान स्थलमा बेलुका ७ बजेसम्म मतदान हुने भएकाे छ ।
उक्त मतदान स्थलकाे ‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसक्दा पनि प्रतिनिधि सभा सदस्यका लागि मत खसेकाे थिएन । पछि बुझ्दा मतदातालाइर् कर्मचारीले नै प्रतिनिधिसभाकाे मतपत्र नदिएकाे पत्ता लागेकाे थियाे । याे विवादले चर्काे रूपमा लिँदा केही घन्टा मतदान राेकिएकाे थियाे ।
यही त्रुटीका कारण मतदानकाे समय थप २ घण्टा बढाइएकाे बताइएकाे छ ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित









