बाजुरामा मतपेटिकामा आगलागी
२०७९ मंसिर ४ गते

प्रतीकात्मक तस्वीर
बाजुरा । बाजुरा स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ।
आइतबार देशभर भइरहेको मतदानमा प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा मतपेटिकामा आगलागी भएपछि केही बेर मतदान रोकिएको थियो ।
कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। उनले भने, ‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउँछौ ।
आगो लागेपछि पानी हालेर निभाइएको अधिकारीले बताए ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








