मनाङमा ६५ प्रतिशत मत खस्यो
२०७९ मंसिर ४ गते

पोखरा । मनाङमा ६५ प्रतिशत मत खसेको छ । १२ बजेसम्ममा ६५ प्रतिशत मत खसेको हो ।
६ हजार ७ सय ६९ मतदाता मध्ये हालसम्म ४ हजार ४ सय १५ मत खसेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।
मनाङमा ८५ प्रतिशत मत खस्ने अनुमान छ । यहाँ प्रतिनिधि सभाको लागि ७३ जना कर्मचारीले समानुपातिक मतदान गरेका छन् । जिल्लामा २ सय ६६ कर्मचारी खटिएका छन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








