गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान
२०७९ मंसिर ४ गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) केन्द्रबाट मतदान गरेका हुन् ।
उनले लोकतन्त्रको सुन्दर पक्ष नै आवधिक निर्वाचन भएकोले निष्पक्ष भएर मतदानमा सहभागी हुन आग्रह गरे ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








