गोरखामा अहिलेसम्म १६ प्रतिशत मतदान

पोखरा । गोरखामा हालसम्म १६ प्रतिशत मात्र मतदान भएको छ । साढे १२ बजेसम्म मतदान उत्साहजनक देखिएन । गोरा १ मा १ लाख १५ हजार र २ मा १ लाख ५ हजार मतदाता छन् ।

बिहानको मेलापातका कारण मत धेरै नखसेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले बताए ।

`मेलापातको समय छ । अहिलेसम्म पुरुषले मात्रै मतदान गरे,´ उनले भने, `अहिले बिस्तारै महिला मतदाता लाइनमा देखिन थालेका छन् ।´ जिल्लाबाहिर रहेका मतदाताहरू मतदानका लागि धेरै गाउँ फर्किएका छैनन् ।

त्यसैले धेरै मत नखस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =