नेकपा एमालेले बहुमत ल्याउँछ : ओली
२०७९ मंसिर ४ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी आम निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक माबीमा मतदान गरेपछि सञ्चारकर्मीहरुले सोधको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘एमालेले बहुमत ल्याउँछ भन्ने मैले पहिलेदेखि नै अपेक्षा गरेको छु । आजको अपेक्षा पनि त्यही छ ।’
उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने अपेक्षा गरेको बताउँदै उनले शान्तिपूर्ण मतदानमा सहभागी हुन सबैसँग आह्वान गरे ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित









