उपेन्द्र यादव भन्छन्, कसको नेतृत्वमा सरकार बन्ने परिणामले बताउँछ

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैँलाई मतदान गर्न पाएनन् । उनले विराटनगरमा रहेको स्नातकोत्तर क्याम्पसबाट मतदान गरेका छन् ।

मतदानमा सहभागी भएपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै एमाले र जसपा बिचको चुनावी तालमेल कुनै मोर्चा बन्दी नभएको बताएका छन् । ‘एमालेसँग हाम्रो चनावी तालमेल मात्र हो, उनले भने, नेपालमा कुनै पनि गठबन्धन स्थायी नहुने र कहिले कता कहिले कता भई रहन्छ ।’

एमालेसँगको अहिलेको तालमेललाई सहकार्यको रूपमा अघि बढ्दै जाने यादवले बताए । उनले निर्वाचनको परिणामको आधारमा नेतृत्व परिवर्तन र सरकार कसको बन्ने भन्ने बारेमा भन्न सकिने बताए ।

यादवले चुनावी तालमेल पनि मिल्ने ठाउँसम्म मात्र मिलेर जाने भन्ने सहमतिका आधारमा अघि बढेको बताए । ‘नेकपा एमालेसँगको चुनावी तालमेल हाम्रो कुनै मोर्चा बन्दी हैन, उनले भने, जहाँ जहाँ मिल्न सकिन्छ मिल्ने नमिल्दा प्रतिस्पर्धा गर्ने भन्ने कुरा हो त्यही अनुसार चुनावी प्रतिस्पर्धामा छौँ ।’ लोकतन्त्र संस्थागत गर्नका लागि अहिलेको निर्वाचन महत्त्वपूर्ण रहेको यादवको भनाई छ।

‘भोलिको भविष्य आशालाग्दो छ, उनले भने, म लोकतन्त्रको भोलिको भविष्यप्रति आशावादी रहेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *