देशभर शान्तिपूर्ण तवरले मतदान भइरहेको छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् ।

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रूपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रुपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *