दुई घण्टापछि चितवनको ब्रह्मस्थानी केन्द्रको मतदान सुचारू
२०७९ मंसिर ४ गते

चितवन । चितवन क्षेत्र नं १ राप्ती ब्रह्मस्थानी केन्द्रको मतदान अहिले सुरु भएको छ । विप्लवका कार्यकर्ताले मतपेटिका जलाउन आएपछि सुरक्षाकर्मीले हवाइफायर गरेपछि ब्रह्मस्थानी केन्द्रको मतदान स्थगित भएको थियो ।
चितवन क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले दुई घन्टा मतदान स्थगित भएको बताए । उनले भने, ‘थप सुरक्षाकर्मी परिचालन गरेर मतदान कार्य सुरु गरेका छौँ, अहिले शान्तरुपमा उत्साहका साथ मतदाताले मत हालिरहेका छन् ।’
अन्दाजी ५० जनाका समूहमा आएका विप्लवका कार्यकर्ताले बिहान मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर गरेको प्रहरीको भनाइ छ । उक्त क्षेत्रमा हाल थप सुरक्षाकर्मी तैनाथ भएका छन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








