गठबन्धनलाई भोटमागेपछि मतदान स्थलबाटै कर्मचारी निष्काशित

विराटनगर । मोरङको पथरीमा एक महिला कर्मचारीले ५ दलीय गठबन्धनका उम्मेदवारलाई भोट मागेको भन्दै विवाद भएपछि कर्मचारीलाई हटाईएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ स्थित जनता माबि (क) मतदान केन्द्र की बिनिता दाहाललाई निश्काशन गरिएको हो । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेको आरोप लागेपछि विवाद भएको थियो ।

विवाद शुरु भएपछि राजनीतिक दलहरुसँगको समन्वयमा ति कर्मचारीलाई प्रहरीको सुरक्षा दिएर निष्काशन गरिएको मतदान अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनलाई निष्काशन गरिएसँगै उनको ठाउँमा रामराजा चौधरीलाई राखिएको श्रेष्ठले जानकारी दिए ।

यस निर्वाचन केन्द्रमा बिहान ७ः३० बजेदेदि मतदान शुरु भएको थियो । अहिलेसम्म १५० भन्दा बढीले मतदान गरिसकेको श्रेष्ठले बताए ।

कुनै अमुक दललाई भोट हाल्न भनेको भन्दै विवाद शुरु भएपछि ति कर्मचारीलाई हटाउन र अर्को कर्मचारी राख्न मतदान अधिकृतलाई भनिएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत रामहरी काफ्लेले जानकारी दिए ।

अहिले सो केन्द्रमा निर्वाध मतदान भइरहेको छ । काफ्लेका अनुसार क्षेत्र नम्बर ३ का धेरै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =