तस्बिरमा आमनिर्वाचन

काठमाडौँ । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान जारी छ । बिहान ७ बजेबाट प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान शुरु भएको हो ।

मुलुकका ७७ वटै जिल्लामा अपराह्न ५ बजेसम्म एक चरणमा मतदान जारी रहनेछ । निर्वाचन आयोगकाअनुसार निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

मतदान सकिए लगत्तै मतपेटिका सम्बन्धित क्षेत्रमा सङ्कलन गरेर तत्काल मतगणना सुरु गर्ने आयोगको तयारी छ । सुगम क्षेत्रमा सर्वदलीय बैठकपछि आजैरातिबाट मतगणना शुरु गरिने आयोगले जनाएको छ ।

  • तस्बिर काठमाडौँको वसन्तपुर क्षेत्रमा लिइएका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *