चितवनमा मतपेटिका जलाउने प्रयास, प्रहरीद्वारा हवाइफायर

चितवन । चितवन क्षेत्र नं १ मा रहेको राप्ती ८ खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा मतपेटिका जलाउने प्रयास भएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा मतपेटिका जलाउने प्रयास भएको हो । मतपेटिका जलाउन आउनेहरुलाई धपाउन प्रहरीले हवाइफायरसमेत गरेको थियो । हवाइफायरपछि मतपेटिका जलाउन आउनेहरु तितरबितर भएका थिए ।

त्यहाँको मतदान कार्य अहिले रोकिएको छ । मतदान कार्य सुचारु गराउन छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =