मतदान गर्न प्रचण्ड पुगे चितवन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन् ।

उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नेछन् । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =