सिन्धुपाल्चोक २ मा पैसा बाँड्दै हिँडेको अभियोगमा उम्मेदवारका छोरा पक्राउ (भिडिओ)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् ।

शनिवार साँझ इन्द्रावती गाउँपालिका ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमान सिंह तामाङका छोरा छत्र तामाङ सहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

एक स्तानियका अनुसार उनको साथबाट चेक बुक र नगद १ लाख १४ हजार रुपैयाँ बरामद गरिएको छ । उनि भन्छन्, प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फाले ।

उम्मेदवारका छोरा पैसासहित पक्राउ परेपछि नवलपुर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =