चितवन ३ : जहाँका १० उम्मेदवारले पाउँदैनन् आफैँलाई मत हाल्न 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोडेको चितवन ३ मा उम्मेदवार बनेका १० जनाले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।

चितवनबाट १३ जना उम्मेदवारले आफ्नै लागि मतदान गर्न नपाउने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । जब कि, १० जना उम्मेदवार चितवन क्षेत्र नं ३ का मात्र छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि चितवन क्षेत्र नं १ बाट एक जना, २ बाट दुई जना र ३ बाट १० जना उम्मेदवार आफैँले आफैँलाई मतदान गर्न नपाउने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।

चितवन क्षेत्र नं ३ मा आफैँलाई मतदान गर्न नपाउनेहरूमा भरतपुर–१० ठेगाना भएका स्वतन्त्र उम्मेदवार चन्द्रविलास अधिकारी, पोखरा–३ कास्की ठेगाना भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल, तिला गाउँपालिका–४ जुम्ला घर भएका स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्याय, भरतपुर–२ घर भएका राष्ट्रिय नागरिक पार्टीका नवराज घले, इच्छाकामना–७ घर भएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का पदमबहादुर थापामगर, भरतपुर–११ घर भएका मंगोल नेसनल अर्गनाइजेसनका फैन्द्रजङ गुरुङ, राप्ती–२ घर भएका स्वतन्त्र उम्मेदवार बद्रि सिलवाल रहेका छन् ।

यस्तै, इच्छाकामना–५ घर भएका स्वतन्त्र उम्मेदवार भीमसेन बस्नेत, भरतपुर–१० घर भएकी स्वतन्त्र उम्मेदवार सुमित्रा राई गिरी र भरतपुर–२ घर भएका स्वतन्त्र उम्मेदवार हरि तामाङले पनि आफ्नो लागि भोट हाल्न पाउँदैनन् ।

चितवन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अजयकुमार हजामले आफैँलाई मतदान गर्न पाउँदैनन् । निर्वाचन कार्यालयमा उनको स्थायी ठेगाना चहुदरमाई नगरपालिका–९, पर्सा उल्लेख छ ।

चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवार सुदर्शन प्रधानले आफैँलाई मतदान गर्न पाउँदैनन् । किनकि उनीहरूको मतदान केन्द्र पनि चितवनबाहिर पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =