आइतबार निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आइतबार निर्धक्क भएर मतदान गर्न सबै मतदानालाई आह्वान गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलनकाे आयाेजना गरी यस्ताे आह्वान गरेका हुन् ।
थपलियाले मंसिर ४ गते आइतबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्धक्क भएर आआफ्नो मतदान केन्द्रमा गई मतदान गर्न आह्वान गरेका हुन् ।
आचारसंहिताको पालना गराउन आयोग, सुरक्षा निकायलगायतले सुक्ष्म निगरानी गरिरहेको उनले बताएका छन् ।
निर्वाचनको स्वतन्त्र र निष्पक्षतामा प्रश्न नउठोस् भन्ने ध्येयले मतदानमा बाधा पु¥याउने, मतपत्र, मतपेटिका खोस्न खोज्ने, पटक पटक मतदान गर्ने, मतदान स्थलमा हुलहज्जत गर्न खोज्नेजस्ता अवाञ्चित गतिविधि गर्नेलाई तुरुन्त आवश्यक कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशद दिइसकिएको पनि उनले बताए ।









