गुल्मी २ मा १ लाख ४ हजार ३२७ मतदाता, १२८ मतदान केन्द्र

काठमाडौँ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सुरु हुन अब केही घण्टा मात्र बाँकी छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको र सुरक्षित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयार रहेको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचन आचार संहिताका कारण सबै दल तथा कार्यकर्ताहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेको देखिन्छ । निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतपत्र, मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षाकर्मी एवं पर्यवेक्षक समेत पुगिसकेका छन् । यस निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट कूल १ लाख ४ हजार ३२७ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ५२ हजार ४१९ पुरुष, ५१ हजार ९०६ महिला र २ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा ६१ मतदान स्थलमा १२८ वटा मतदान केन्द्र रहनेछन् । प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट ६ जना र ७ जना स्वतन्त्र उम्मेदवार रहेको गुल्मी २ मा कूल १३ जनाले उम्मेदवारी दिएका छन् । जसमा कूल उम्मेदवार सङ्ख्यामध्ये २ जना मात्र महिला उम्मेदवार छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टीले निर्वाचनमा आफ्ना उम्मेदवार खडा गरेका छन् । जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =