निर्वाचन आयोगको मुख्यालय अगाडि क्रान्तिकारी माओवादीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । वैद्य निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादीका कार्यकर्ताले केही बेरअघि चुनाव बहिष्कारको माग राख्दै बहादुर भवनमा रहेको आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

कालो झन्डा देखाएर प्रदर्शन गरेका प्रदर्शनकारीलाई पक्राउ गरी प्रहरी वृत्त दरबारमार्ग लगिएको छ । क्रान्तिकारी माओवादीले आम निर्वाचन बिथोल्ने चेतावनी दिएको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *