मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्रीवितरण र सेवनमा पूर्ण प्रतिवन्ध
२०७९ मंसिर २ गते

काठमाडौँ । सरकारले मंसिर ४ गतेको आसन्न निर्वाचन सम्पन्न नभएसम्मका लागि देशभर मापद पदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाएको छ ।
गृहमन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मादक पदार्थको प्रयोग तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको मन्त्रालयले जनाएको हो ।
यस्ताे छ पत्रकार सम्मेलनमा गृहमन्त्रालयले जारी गरेकाे विज्ञप्ति


२०७९ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित









