मन्त्री मनाङेले १५ लाखले चुनावमा रक्सी खान पनि नपुग्ने भनेपछि आयोगद्वारा २५ हजार जरिवाना
२०७९ मंसिर २ गते

पोखरा । निर्वाचन आयोगले गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार जरिवाना लगाएको छ ।
मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका मनाङेले आयोगले तोकेको चुनावी खर्चले कार्यकर्तालाई रक्सी खुवाउन पनि नपुग्ने बताएपछि आयोगले जरिवाना लगाएको हो ।
यसअघि उनलाई स्पष्टीकरण सोधिएको थियो । आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना लगाएको आयोगले जनाएको छ ।
२०७९ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित









