मतदानको ३ देखि ५ दिनभित्र मतगणना सक्ने यस्तो छ तयारी

काडमाडौँ । मंसिर ४ गते हुने आम निर्वाचन(प्रतिनिधिसभा र प्रदेशसभा)को मतगणना कार्य ३ देखि ५ दिनभित्र सक्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंसिर ९ गतेभित्र मतगणना सक्ने र मंसिर २० गतेभित्र रापष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

मंसिर ४ गते बेलुका मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा लगिने छ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्ने छ ।

दलतका प्रतिनिधि तथा उम्मेदवारका प्रतिनिधि बसेर मतगणना निर्देशिकाले निर्दिष्ट गरेको नियम अनुसार मतगणना हुने छ । उम्मेदवारहरुले मनोनयन दर्ता गरेकै कार्यालयमा मतगणना हुने छ । निर्वाचन पर्यपक्षेकले पनि मतगणना हेर्न पाउने व्यवस्था गरिने छ ।

कर्मचारी पर्याप्त भएसम्म प्रत्यक्ष र समानुपातिक दुबै प्रणालीको मतगणनासँगै हुने छ । कर्मचारी वा ठाउँको अभाव भएमा पहिला प्रत्यक्षको र त्यसपति समानुपाति प्रणालीको मतगणना हुने छ ।

आवश्यकता अनुसार बढीभन्दा बढी जनसक्ति र धेरैवटा टोली बनाएर मतगणना गर्ने व्यवस्था आयोगले गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =