वान डे सिरिज जित्न नेपालले पायो १७७ रनको लक्ष्य

काठमाडौँ । युएईले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ ।शुक्रवार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले भने, हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे। यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।


नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

आज नेपाल र युएई दुवै टिम जित निकाल्दै सिरिज जित्ने योजनामा रहेका छन् ।

नेपाल र युएईबिचको यस खेल सिरिजको निर्णायक खेलको रूपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *